सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विध ल्याबका सञ्चालक भिमकान्त भण्डारी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर

1.01K
shares

काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारी माथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्ति आर्जनको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्म मात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक पदमा काम गरेको जागिरको अवधिमा २६ लाख ६१ हजार रुपैयाँ आर्जन गरेका थिए । तर उनको खर्च र लगानी (जग्गा खरिद, बैंक तथा हाइड्रोपावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलब बाट बचत, सञ्चय कोष बाट लिएको ऋण र जागिर सुरु हुनु भन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानून सम्मत आर्जन गरेको दाबी गरेका थिए ।

तर अख्तियारले त्यो दावी स्विकार गरेन र, ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको निष्कर्ष निकालेको छ । विशेष, अदालतमा दायर मुद्दामा अख्तियारलले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । उनकै साथमा रहेको सम्पत्ति तर्फ ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार उनको एकल स्वामित्वमा रहेको कम्पनीहरु बाट जफत गर्न माग गरेको छ ।

गुल्मीको मालिका गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी बिध ल्याबको सञ्चालन गर्ने बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । पछिल्ला दिनमा भण्डारी सञ्चालक रहेका कम्पनीहरु सूचना प्रविधि, इलेक्ट्रोनिक्स र मल, कागज जस्ता ठूला ठेक्कामा पनि संलग्न हुन थालेको छ ।उनी असार २०७७सम्म स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तरगतको ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाका कर्मचारीका रुपमा थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports