२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले एक मात्र नेता भएको अध्यक्ष ओलीको दाबी

1.43K
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र नेता भएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए । अरु दलहरु सँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको भन्दै उनले भने, ‘कुनै पनि नीति एमालेले तय गर्छ । त्यसलाई तोडमोड गरेर व्याख्या गर्ने, अलिकति आफ्नो बनाउने बाहेक नीति कुनै पार्टी सँग देख्नु भएको छ ?’

राष्ट्र निर्माणको नीति एमाले बाहेकका दल सँग नभएको भन्द्यै उनले अघि भने, ‘बैचारिक हिसाबले नेकपा एमाले एक मात्र वैचारिक नेता हो नेपालको ।’ संगठनात्मक रुपमा ५/७ भाइ नभए सम्म एमाले तिर हेर्न पनि नसकिने अवस्था रहेको उनले बताए । ओलीले अघि भने, ‘जनप्रभावमा पनि कम्तिमा एमाले अरु भन्दा एक प्रतिशत ठूलो छ ।’

संसदमा एमालेको ९८, कांग्रेसकोे ६१ र माओवादी केन्द्रको ४८ सिट रहेको उनले सुनाए । स्थानीय तहमा पनि माओवादी केन्द्रले अरु सँग मिलेर १२० पालिकाको नेतृत्व जित्दा एमालेले २०५ जितेको भन्दै उनले अघि भने, २०५ सिट जित्ने चाहिँ हा¥यो। १२० जित्ने चाहिँ जित्यो रे ।’

एकीकृत समाजवादी तर्फ संकेत गर्दै उनले एमाले बाट फुटेर बनेको एउटा पार्टीले चाहिँ हार गुहार गरेर १४ ठाउँ जित्दा एमालेलाई हरायौं भनेर खुसी मनाएको बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘एमाले असफल भएको होइन, तर धेरै सफल भएको ठान्दैन । किनभने हामीले बहमुत सिट ल्याउनुपथ्उार्ने, यो भन्दा धेरै सिट ल्याउनुपथ्र्यो । अहिले जे भयो, त्यो भन्दा बढी व्यवस्थित ढंगले प्रस्तुत हुनुपर्थ्यो ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports