kumari
stcnepal

पश्चिम देशहरुले मस्को माथि लगाएको प्रतिबन्ध पागल र विचार हीन : भ्लादिमिर पुटिन

काठमाडौं ।रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्को माथि लगाएको प्रतिबन्ध ‘पागल र विचार हीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्पणी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुस विरुद्धको आर्थिक प्रतिबन्ध सुरु देखि नै सफल हुने कुनै सम्भावना थिएन । ’

रुस माथिको प्रतिबन्ध प्रतिबन्ध लगाउनेहरूका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् । तर वार्षिक सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा बोल्दै राष्ट्रपति पुटिनले रुस माथिको प्रतिबन्धका कारण युरोपेली युनियनले ४०० अर्ब डलर भन्दा बढी गुमाउन सक्ने दाबी गरे । रुसी सेनाले पछिल्लो समयमा पूर्वी युक्रेनमा हमला गरेको छ ।

 

 

footer