सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्र नागरिक समूहको एसपीपी तत्काल खारेज गर्न सरकार सँग माग

559
shares

काठमाडौं ।पछिल्लो समय बहसको विषय बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहले सरकार सँग माग गरेको छ । सैनिक सहकार्यको यो प्रस्ताव दुई सरकार द्वारा स्वीकृत भएर यथार्थमा परिणत भयो भने त्यसले विशिष्ट भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा भूराजनीतिक द्वन्द्व चर्काउने समूहको निष्कर्ष रहेको छ ।

सम्झौताले नेपाल जस्तो सानो मुलुकले अवलम्बन गरिरहेको र नेपालको संविधानमा समेत लेखिएको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति धुजा धुजा हुने र नेपाल चीन विरुद्ध अमेरिका सँगको सैनिक गठबन्धनमा सामेल भएको समेत प्रमाणित हुने समूहले बताएको छ ।

एमसीसीको  आर्थिक रुपमा इण्डो(प्यासिफिक रणनीतिको हिस्सेदार हुनेतिर धकेलिएको नेपाल अमेरिका सँगको यो सैनिक सहकार्यको सहमति बाट नेपाली भूमिमा अमेरिकी सैनिक नै उत्रने बिन्दुमा पुग्नेछ, समूह द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्र नागरिकको  श्याम श्रेष्ठ, लोककृष्ण भट्टराई, साध्यबहादुर भण्डारी, प्रेम कैदी, रुक्म लामिछाने, महादीप पोखरेल, शम्भु कटेल,नीमकान्त पान्डे, भुवन फुँयाल, डी बी नेपाली, रामचन्द्र बानियाँ, मीनराज गुरुङ, अग्नि शमशेर, उत्तमकुमार शाह, नीमबहादुर थापा, लक्ष्मण उप्रेती, मुकुन्द आचार्य, लेखनाथ न्यौपाने, अच्युत राज ज्ञवाली,लेखराज रेग्मी, डा अमर शाह, एकलाल श्रेष्ठ, नीलकण्ठ तिवारी, भरत शर्मा बस्याल, प्रमोद धिताल, अनिता पन्डित, अभय श्रेष्ठ, मनोज खतिवडा, मोहन खतिवडा, रामराज रेग्मी, यादव देवकोटा, राजन तिमल्सिना, ज्योतिलाल वन, राजु कार्की, अमृत अधिकारी, आजाद खड्का,निनु चापागाईँ, हेमन्त सेंढाई, रघु घिमिरे, कलाधर पौडेल, सुवास देवकोटा, रमेश शर्मा अधिकारी, मणि थापा, श्रीधर अधिकारी, लोकनारायण सुवेदी, अजीव पौडेल, सुरेश कार्की, शरद वन्त, मोहन बहादुर केसी चन्दा थापा, मीना शर्मा, सन्देश अर्याल, फर्शुराम भुर्तेल, नारायण शर्मालगायतले सम्पूर्ण देशभक्त नेपालीहरू, नेपाल सरकार, सबै तहका जनप्रतिनिधिहरू, राजनीतिक दलहरू र नेपाली सेनालाई एकजुट भएर राष्ट्रको हितमा नरहेको एसपीपी प्रस्तावलाई सदाको लागि इन्कार गर्न आह्वान गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports