विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसपीपीका बारेमा सत्ता गठबन्धन भित्र छलफल हुने

1.07K
shares

काठमाडौं ।सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सँग छलफल गर्ने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र आफूबीच शनिबार छलफल भएको र एसपीपीका बारेमा प्रधानमन्त्री देउवा सँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा उनले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चा–परिचर्चा धेरै भएकाले पुनः छलफल गरिने बताए । अध्यक्ष नेपालले राष्ट्रिय अन्योललाई चिर्दै एसपीपीको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे ।

एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसद्मा यस विषयमा हंगामा मच्चाउने दल नै जोडिएको कुरा आएको उनले बताए । सरकार र नेपाली सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने पक्कापक्की भएको उनको भनाइ छ । उनले देशभक्तिको झन्डा र लोकतन्त्रको झन्डालाई आफ्नो पार्टीले कहिल्यै नछाड्ने स्पष्ट परे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports