विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि प्रियंका रानी जोशीले जितिन्

624
shares

काठमाडौं । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।

उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो । नीति शाह सहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड-१९ महामारीले अघिल्ला दुई वर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिक रुपमै सम्पन्न भएको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports