२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा.भम्पा राईको निधन

1.61K
shares

काठमाडौं ।तीस वर्ष देखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा.भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राई पेट सम्बन्धी समस्या बाट पीडित थिए । पाँच दिन अघि उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो । शनिबार दिउँसो मुटुको चालमा गडबडी भएपछि सुरुमा दमक स्थित लाइफलाइन अस्पतालमा त्यसपछि विराटनगर स्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको थियो । राईको आइतबार किरात संस्कार अनुसार दमकमा अन्त्येष्टि गर्ने तयारी छ ।

राई भुटानी राजाका निजी डाक्टर थिए । सन् १९९१ मा भुटान बाट नेपाली भाषीलाई लखेटिएपछि उनी आफ्नै इच्छाले नेपाल आएका थिए । राई श्रीमती, र बुवा-आमालाई सहित नेपाल आएका थिए । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो । दुई वर्ष अघि उनकी श्रीमती उर्मिलाको पनि निधन भएपछि भम्पा डेरामा एक्लै बस्दै आएका थिए । राईलाई गत जेठ १३ देखि दमक नगरपालिकाले दमक-५ मा निःशुल्क बस्ने व्यवस्था गरिदिएको थियो । राईका छोरा-छोरी छैनन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports