२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको छ : मन्त्री गहतराज

871
shares

काठमाडौं ।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो पटक प्रधानमन्त्री हुनेबेला नै जनयुद्ध तथा जनआन्दोलनका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेपनि हाल सम्म उक्त निर्णय लुकाइएको भन्दै मन्त्री गहतराजले वर्तमान सरकारले नै उक्त निर्णय प्रक्रियालाई पूर्णता दिने बताए ।

राष्ट्रिय युवा परिषद अन्तर्गतको शहीद तथा वेपत्ता योद्धा सन्तती युवा सन्जालले काभ्रेको धुलिखेलमा आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीलाई शनिबार सम्बोधन गर्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् । समाज रुपान्तरणका लागि ज्यानको आहुती दिने सबैलाई राष्ट्रिय शहीदको रुपमा सम्मान दिनुपर्ने उनको भनाइ छ ।

कार्यशाला गोष्ठीमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, शहीद तथा वेपत्ता योद्धा सन्तती युवा सन्जालका अध्यक्ष आरती शर्मा सहित बिभिन्न जिल्ला बाट उपस्थित २५ जना भन्दा बढी सहभागी थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports