२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थितिलाई अपमान भन्न मिल्दैन : कांग्रेस सचेतक भुसाल

754
shares

काठमाडौं ।नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएका छन् । समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि कांग्रेस सांसदहरुले देउवाको बचाउ गरेका हुन् ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गरिन् । ‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै उनले भनिन्, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यस आधारमा बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उनले आग्रह गरिन् । नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports