२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीलाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस भयो : सभापति खरेल

806
shares

काठमाडौं ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीलाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताएकी छन् ।

प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिका बाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर आज बिहान अन्तिम समयमा प्रधानमन्त्रीले आफू आउन नभ्याउने जानकारी गराएका थिए ।

समिति सभापति खरेलले बिहान ८ बजे मात्रै प्रधानमन्त्री उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताइन् । ‘यो अपमान नै गरेको भन्ने मलाई लाग्छ,’ उनले भनिन् । समितिमा नेपाली कांग्रेसका सांसदहरुले भने प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान गरेको भन्न नमिल्ने भन्दै बचाउ गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports