प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौं भनेर पत्र लेख्न निर्देशन जारी गरौं : भीम रावल

572
shares

काठमाडौं ।नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताएका छन् । समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उनले बताए । आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतका विषयमा छलफल गर्न समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले समिति सभापति पवित्रा निरौला खरेललाई ‘आउन नसक्ने’ जानकारी गराएको थियो ।

आजको बैठकमा सभापति खरेलले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् । तर कांग्रेसका सचेक पुष्पा भुसाल, दिव्यराज भण्डारी लगायतले यसलाई अपमान गरेको भनेर भन्न नमिल्ने तर्क गरेका थिए । एमाले सांसद रावलले भने, ‘यहाँ सांसदहरुले अपमान नभनौं भन्नुभो, म त भन्छु यो खेदजनक छ । खेदप्रस्ताव पारित गरौं ।’

उनले अगाडि भने, ‘हिजो लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बन्नु भएको हो । यही हो त लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समिक्षा गर्ला । उहाँ अनुपस्थित हुनु भनेको हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’ आफूहरुले एसपीपी बारे प्रधानमन्त्रीकै जवाफ माग गरिरहेको भन्दै जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए । प्रधानमन्त्री अनुपस्थित हुँदा आशंका उब्जिनु स्वाभाविक भएको उनले बताए ।

उनले एसपीपीमा संलग्न हुँदैनौं भनेर अमेरिकालाई पत्र किन नलेखेको भनेर पनि रावलले प्रश्न गरे । ‘समितिमा पनि नआउने, पत्र पनि नलेख्ने आशंका जन्मिंदैन त ?’ रावलले भने, ‘आज प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौं भनेर पत्र लेख्न निर्देशन जारी गरौं ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports