प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रवासी नेपालीको मताधिकार बारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने

793
shares

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छन् । आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने उनीहरुले बताएका छन् ।

मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए । ‘सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ,’ महामन्त्री शर्माले भने, ‘सर्वोच्चको अदालतको परमादेश अनुसार प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गरायौं । आज निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने भएका छौं ।’

विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषयमा कुरा गरिने शर्माले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports