विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालले राँके जुलुस सहित मूल्यबृद्धिको बिरोध गर्दै मूल्यबृद्धि फिर्ता लिन माग

637
shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपाने)ले सरकारले जारी राखेको मूल्यबृद्धिको श्रृङ्खला नरोकिए सम्म आन्दोलन जारी राख्ने बताएको छन् । पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धि विरुद्ध सोमबार साँझ पार्टीका विभिन्न भ्रातृ र जनवर्गीय संगठनहरूले संयुक्त रूपमा राँके जुलुस निकाल्दै यस्तो चेतावनी दिएको हो ।

काठमाडौंको विशालनगर बाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो । बालुवाटार राष्ट्र बैंक अगाडि बाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रीय सदस्य पुरु दाहालले जानकारी दिए । जुलुसमा मुल्यबृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट, दलाल, घुसखोरलाई कारबाही हुनुपर्ने जस्ता नारा लागेको थियो । युवा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्यवृद्धि फिर्ता नलिए बिरोध थप चर्काएर लैजाने बताएका छन् ।

जुलुशलाई कटवाल लगायत युवा मोर्चाका नेता गृश्म बिक्रम मल्ल, विद्यार्थी संगठनका चेतराज सिंह, सचिन अधिकारी लगायत नेताले नेतृत्व गरेका थिए भने पार्टीका उपाध्यक्ष लाक्पा तामाङ लगायत पार्टी नेताहरु समेत जुलुसमा सहभागी थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports