विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा भारतीय जनता पार्टीले आदिवासी नेता द्रौपदीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

611
shares

काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गरेर यसको जानकारी दिएका छन् ।

मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् । आदिवासी नेता मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फ बाट उम्मेदवार बनेका यशवंत सिन्हा सँग हुने छ । द्रौपदी मुर्मु ओडिशाको मयूरभन्ज जिल्ला निवासी हुन् । पहिले शिक्षक रहेकी उनी पछि राजनीतिमा लागेकी थिइन् । उनी मयूरभन्जको रायरंगपुर बाट सन् २००० र २००९ मा गरी दुई पटक विधायक बनेकी थिइन् । मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्डको राज्यपाल थिइन् ।

भारतमा हाल रामनाथ कोविन्द राष्ट्रपति छन् । उनको कार्यकाल आगामी जुलाई २४ मा सकिंदै छ । संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिनु अगावै नयाँ राष्ट्रपति चुन्नु पर्ने भएकाले भारतको चुनाव आयोगले आगामी १८ जुलाईमा राष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको छ । २१ जुलाईमा नतिजा आउने छ । भाजपाले राष्ट्रपति चुनावका लागि १४ सदस्यीय म्यानेजमेन्ट कमिटी गठन गरेको थियो । सो कमिटीको संयोजक केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावत थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports