२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको जनसंगठनहरुले महंगी, कालोबजारी विरुद्ध सडक आन्दोलन गर्ने

754
shares

काठमाडौं ।नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारी विरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो ।

‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले भनिन्, ‘अरु संगठनले पनि कार्यक्रम ल्याउनेछन् । मिल्ने ठाउँमा संयुक्त कार्यक्रम गर्ने, नमिल्ने ठाउँमा छुट्टै कार्यक्रम हुन्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports