kumari
stcnepal

आज थपिए २७ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ पीसीआर परीक्षणमा २३ जना र ८६५ एन्टिजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १३ जना काठमाडौं उपत्यकाका र अरु उपत्यका बाहिरका छन् ।

यो सँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १८८ पुगेको छ । जस मध्ये १८१ जना होम आइसोलेसनमा र ७ जना अस्पतालमा छन् । अस्पतालमा भएमाभध्ये ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६ रहेको छ ।

 

 

footer