२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतदाता नामावली दर्ताका लागि अब घर बाटै विवरण भर्न सकिने

910
shares

काठमाडौ। मतदाता नामावली दर्ताका लागि अब घर बाटै विवरण भर्न सकिने भएको छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।


आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका अनुसार आगामी १० दिन भित्र अनलाइन बाट मतदाता नामावली दर्ता गर्न सकिने छ । हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ ।

सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्ता सम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने उल्लेख गरिएको छ । मोबाइल बाट आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports