kumari
stcnepal

तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै आयल निगम

काठमाडौं ।लामो समय देखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगम टाट पल्टिएको छ । भारत बाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगम टाट पल्टिएको हो ।

पूर्णरुपमा आर्थिक रूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण​ लिने भएछ । त्यसका लागि निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनी भन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण​ लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोध भर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।

 

 

footer