प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकारलाई तलव दिन इमेज र जनता टिभिलाई प्रेस काउन्सिलको आग्रह

624
shares

काठमाडौं। प्रेस काउन्सिल नेपालले श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल उपलब्ध गराउन इमेज च्यानल र जनता टेलिभिजनलाई आग्रह गरेको छ ।

इमेज च्यानल टेलिभिजन र जनता टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन काउन्सिलले एक विज्ञप्ति मार्फत जोड दिएको हो । काउन्सिलअन्तर्गतको श्रमजीवी हित तथा कानुन उपसमितिको मङ्गलबार बसेको बैठकले पारिश्रमिक नदिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्णय गरेको हो ।

यस विषयमा काउन्सिलमा उजुरी समेत परेकाले अध्ययन भइरहेको र थप यथार्थ बुझ्न स्थलगत निरीक्षण पनि गरिने वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनाल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि सञ्चार गृह बाट श्रमजीवी पत्रकारको सेवा सुविधा रोक्ने, सेवाबाट निष्काशन गर्ने कार्य नगर्न/नगराउन पनि काउन्सिलले सम्बद्ध सबै पक्ष सँग आग्रह गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports