प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने घनश्याम भुसालको कसम

520
shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने कसम खाएका छन् । कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले कम्युनिष्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रत्यत्न गर्ने बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ । त्यो पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं ।’

एकठाउँमा जुट्दा ६०/७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको उनले बताए । भुसालले भने, ‘हाम्रो पुस्ताको तर्फ बाट कमरेड सिद्धलालका अगाडि कसम खान्छु । यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिम सम्म प्रयत्न गर्छौं, हटाउने छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौं ।’

आजै मात्र प्रचण्डले एउटा सार्वजनिक मञ्चमा एमालेमा बिउ रोपेका छौं, २/३ वर्षमा फल्छ भनेर भनेको सुनाउँदै उनले एउटा धारालाई उत्साहित गर्न भनेको भए सम्मान गर्ने बताए । उनले अघि भने, ‘आजको आवश्यकतालाई उहाँले पनि राम्ररी बुझ्नु भएन । माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ…अब यी उम्रिदैनन् ।’

‘कृषिको कुरा गर्दा हामी रैथाने बिउको कुरा गर्छौं । त्यसले आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ,’ उनले अघि भने, ‘माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports