२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१९ सहसचिवको सरुवा, को कहाँ ?

819
shares

काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ सहसचिवको सरुवा गरेको छ । असार १३ गतेको निर्णयले सहसचिवहरूको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई वन तथा वातावरण मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतका गोपाल अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । त्यसै गरी अर्थ मन्त्रालयका महेश आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेश र त्यहाँका धनीराम शर्मालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी रेखा कँडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सहसचिव जगदीश्वर कर्माचार्यलाई सोही मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । खानेपानी मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ भने खानेपानीमा अतिरिक्तमा रहेका शोभाकान्त पौडेलको सरुवा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी स्किम श्रेष्ठलाई स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्दै राष्ट्रिय दलित आयोगका शिवराम गेलाललाई मुख्यमन्त्रीको कार्यालयमा पठाइएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका दीपक घिमिरेको श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशमा सरुवा भएको छ ।

यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश १ विराटनगरका सुरेश राउतको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका नेत्रप्रसाद सुवेदीको सोही मन्त्रालयको आर्थिक मामिला तथा सहकारी मन्त्रालय, गृह मन्त्रालय वा अन्तर्गतका रामप्रसाद पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशका भूपेन्द्र थापाको कानून, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेश, गृह मन्त्रालय वा अन्तर्गतका नारायणप्रसाद भट्टराईलाई प्रदेश लोक सेवा आयोग कर्णालीमा सरुवा गरिएको छ । निश्चलराज पाण्डेको विराटनगर महानगरपालिका बाट राष्ट्रिय दलित आयोग र आर्थिक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका नारायणप्रसाद सापकोटाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports