२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली र बामदेव गौतम बीच भेटवार्ता

728
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम बीच आज बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोट स्थित ओली निवास गएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको जानकारी दिए । गौतमले ओलीपछि अन्य नेताहरु सँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।

अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । नयाँ दल घोषणा पछि गौतमले ३ महिना सम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports