kumari
stcnepal

आरजु देउवा कोरोना संक्रमित

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना भाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

 

footer