प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिट बाँडफाँड गर्न कांग्रेसलाई सकस, एकीकृत समाजवादी रुष्ट

520
shares

 

काठमाडौ । पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा पाएको सफलतालाई मध्यनजर गरेर आउँदो कार्तिकको अन्तिम हप्ता वा मंसिरको पहिलो हप्तामा हुन सक्ने प्रदेशसभा र संघीय संसदको निर्वाचनमा समेत गठबन्धन नै गरेर जाने सहमति गरेका भए पनि भागवण्डा गर्न गठबन्धनलाई महाभारत हुने अवस्था देखिएको छ ।
सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले कम्तिमा ६० प्रतिशत अर्थात प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रहेको १ सय ६५ सिट मध्ये घटीमा ९९ सिट लिएर बाँकी सिट गठबन्धनमा रहेका दलहरुलाई दिने मनसाय देखाएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी झस्किएका छन् ।
कांग्रेसका नेताहरुले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई ६० प्रतिशत भन्दा कम सिटमा सहमति नगर्न दबाब दिईरहेका हुनाले सिटको बाँडफाँड गर्न फलामको च्युरा पाउनु सरह हुन सक्छ ।
गठबन्धनमा रहेका दलहरु मध्येको जसपा विभाजनको अवस्थामा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डा. बाबुराम भट्टराईबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । जसपा विभाजित भएको अवस्थामा जसपा गठबन्धनमा रहने कि नरहने र डा. भट्टराईले नेतृत्व गर्ने दलको अवस्था कस्तो हुने ?
त्यो एकिन हुन सकेको छैन । माओवादी केन्द्रले अहिले आफुसँग भएको संख्या भन्दा ३ सिट बढी बढाएर ५२ सिट आफ्नो पार्टीले पाउनपर्ने अडानमा रहेको छ भने नेकपा एकीकृत समाजवादी पार्टीले समेत आफ्नो पार्टीले घटीमा ३० सिट पाउनुपर्ने बताइरहेको छ ।
यी दुवै पार्टीले मागेको संख्या ६५ भन्दा बढी भएको र गठबन्धनमा रहेका जता समाजवादी र राष्ट्रिय जनमोर्चालाई समेत केही सिट दिनुपर्ने भएकाले सिट बाँडफाँड गर्न सहज अवस्था देखिएको छैन ।
माओवादी र एकीकृत समाजवादीले भने पहिला आ आफूँले जितेका निर्वाचन क्षेत्रलाई यथावत राखी नेकपा एमालेले जितेका क्षेत्रहरु बाँडफाँड गर्नुपर्ने बताइरहेका छन् तर कांग्रेसले भने त्यस विषयमा केही प्रष्ट पारेको छ । सिट बाँडफाँका विषयमा छलफल गर्न कांग्रेसले यही असार २० गते केन्द्रीय समितिको बैठक बोलाउने भएको छ ।
कांग्रेसको केन्द्रीय समितिले गर्ने निर्णयले सिट बाँडफाँडको अवस्था प्रष्ट हुन सक्छ । निर्वाचन आयोगले सरकारलाई तत्काल निर्वाचनको मिति घोषणा गर्न आग्रह गरिरहेका भएपनि प्रधानमन्त्री देउवा भने मधेशवादी दलहरुलाई खुसी पार्न यहि अधिवेशनबाट नागरिकतासमबन्धी विधेयक पारित गराउन चाहिरहेका छन् ।
संसदबाट नागरिकता विधेयक पारित भएपश्चात् संसदको अधिवेशन बन्द गराउने रणनीतिमा देउवा लागि परेका छन् । केही दिन पहिला लोकतान्त्रिक समाजवादीका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर नागरिकता विधेयक तत्काल पारित गराउन ज्ञापनपत्र नै बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमनत्री देउवाले यहि अधिवेशनबाट नागरिकता विधेयक पारित गराउने आश्वासन लोसपाका नेताहरुलाई दिएका थिए । प्रधानमन्त्रीको बुझाईमा नागरिकता विधेयक यहि अधिवेशनबाट पारित गराएपछि लोसपा पनि सरकारमा सहभागि हुने भएकाले निर्वाचन जित्न सहज हुने र नेकपा एमाले पराजित हुने ठहर उनले गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत कम्तिमा ६० प्रतिशत सिट लिएर चुनावमा तालमेल गर्नुपर्ने बताउँदै आएका छन् । ६० प्रतिशत भन्दा तल झरेर कांग्रेसले सहमति गर्नै नसक्ने उद्घोष उनीहरुले गर्दै आएका छन् ।
माओवादी केन्द्रले भने कांग्रेसलाई ठीक साइजमा राख्ने भन्दै यदि आफूले माग गरेको सिट संख्या नदिएको खण्डमा आफ्नो पार्टीले नेकपा एमालेसँग गठबन्धन गर्न सक्ने भन्दै कांग्रेसलाई धम्क्याईरहेको छ । त्यही कारणले गर्दा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलहरुलाई वेवास्ता गर्न थालेको छ । कांग्रेस सूत्रका अनुसार गठबन्धनमा रहेका दलहरुबीचमा सिट बाँडफाँडमा कुरा नमिलेको खण्डमा कांग्रेसले माओवादी केन्द्रसँग मात्र सहमति गरेर निर्वाचनमा जान सक्छ ।
कांग्रेसले आफ्नो पार्टीलाई खासै वास्ता नगरेको भन्दै माधव नेपालले कार्यकर्ता भेलामा आफ्नो पार्टीले सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताईसकेका छन् त्यो पनि कांग्रेसलाई तर्साउने एक प्रकारको रणनीति नै हो । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने उद्घोष गरेका माधव नेपाल आफैँ धुलो पिठो भएका छन् ।
गठबन्धनको सहयोगमा २० स्थानीय तहको निर्वाचनमा जित हाँसिल गरेको नेकपा एकीकृतले आफूले एक्लै निर्वाचन लडेको भए २० लाख मत ल्याइने रहेछ भन्ने अभिव्यक्ति समेत नेपालले दिएका छन् । पाँच दलीय गठबन्धन गरेर गठबन्धनको सहयोगमा केही मत ल्याएको एकीकृत पार्टीले २० लाख मत ल्याउनु भनेको आकाश खस्नु सरह हो ।
संसदमा १ सय २१ सिट रहेको नेकपाबाट विभाजित हुँदा जम्मा २४ सांसद लिएर गएका माधवले कांग्रेस–माओवादी केन्द्रको रणनीति बुझेर २० लाख मतको कुरा उठाएका हुन सक्छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी अहिलेकै अवसमा सरकारमा जाने सम्भावना न्यून देखिएको छ । उसले जनता समाजवादी पार्टीसँग एकीकरण गर्न सक्ने सम्भावना समेत नरहेकोले प्रदेशसभा र संघीय संसदको निर्वाचनमा लोसपाले नेकपा एमालेसँग तालमेल गर्न सक्ने सम्भावना समेत रहेको छ भने अन्य केही साना दलहरुले समेत एमालेसँग तालमेल गर्न सक्ने अवस्था देखिएको छ ।
कांग्रेस र माओवादी केन्द्रले मात्र सहमति गरेर चुनावमा गएको खण्डमा माधव नेपालले पार्टी, जसपा र राष्ट्रिय जनमोर्चा धुलो पिठो हुन सक्ने सम्भावना जिवितै रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports