प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको ठहर २०७४ मा भन्दा यसपाली ६ लाख मत बढी, १ प्रतिशत मत पनि बढेको उदघोष

468
shares

काठमाडौं ।नेकपा एमालेले २०७४ को स्थानीय चुनावको तुलनामा यो पटक भएको स्थानीय चुनावमा ६ लाख भन्दा बढी मत ल्याएको दावी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अन्तरपार्टी निर्देशन ४ जारी गर्दै यस्तो दावी गरेका हुन् । ओलीले जारी गरेको अपानीमा एमालेले अघिल्लो निर्वाचनमा पाएको मत भन्दा ६ लाख १९ हजार १०५ मत बढी भएको दावी गरिएको छ ।

हालै सम्पन्न सचिवालय बैठकको निर्णय सहित जारी गरेको अपानीमा अपानी १ प्रतिशत लोकप्रिय मत बढेको पनि उल्लेख छ । ‘समग्र मतको विश्लेषण गर्दा यस निर्वाचनमा पनि पहिलो स्थानमा कायमै छ । एमालेले अघिल्लो निर्वाचनमा सदर कूल मतको एक तिहाई मत (३३ प्रतिशत) हासिल गरेको थियो भने यस निर्वाचनमा लोकप्रिय मतमा एक प्रतिशत (३४ प्रतिशत) वृद्धि गरेको छ’ अपानीमा भनिएको छ, ।

माओवादी केन्द्रको लोकप्रिय मत (अघिल्लो पटक पाएको मत)बाट खस्किएर १२ प्रतिशतमा पुगेको एमालेको दाबी छ । त्यसैगरी एकीकृत समाजवादीले ४ प्रतिशत मत पाएको पनि एमालेको विश्लेषण छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports