kumari
stcnepal

देउवा नै संसदीय दलको नेता ?

 

काठमाडौ । हालै सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भईसकेको छ ।
सत्ता गठबन्धनको बलमा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फबाट सबै भन्दा बढी सिटमा जित हाँसिल गरेपनि समानुपातिकमा ऊ एमालेभन्दा पछाडि दोस्रो स्थानमा रहेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गरेपछि कांग्रेसको प्रत्यक्षतर्फ ५७ र समानुपातिक तर्फबाट ३२ पाएर जम्मा ८९ सिट सहित ऊ पहिलो पार्टी बनेको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरु मध्येको कांग्रेस र माओवादी पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएका छन् भने नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन । निर्वाचनको परिणाम सार्वजनिक भईसकेपछि कांग्रेसभित्र संसदीय दलको नेता बन्न होड चलेको छ ।
कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको बलमा फेरी प्रधानमनत्री बन्न चाहिरहेका छन् भने कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले निर्वाचन अघि नै आफू प्रधानमन्त्री बन्ने उद्घोष गरिसकेका छन् ।
त्यसैगरी डा. शशांक कोइराला, रामचन्द्र पौडेल, शेखर कोइरालालगायत आधा दर्जन नेताहरु संसदीय दलको नेता बन्न जोड घटाउमा लागेका छन् ।
टिकट वितरण गर्दा सभापति देउवाले भागवण्डा गरेका थिए भने आफ्नो भागमा ६० प्रतिशत भन्दा बढी राखेर डा. शेखर कोइराला र अन्यलाई ४० प्रतिशत दिएर समानुपातिक तर्फपनि त्यस्तै गरेका हुनाले प्रत्यक्षतर्फबाट जित हाँसिल गरेकोमा पनि देउवा पक्षकै बाहुल्यता रहेको र समानुपातिकतर्फ पनि उनैको बाहुल्यता रहेको हुनाले संसदीय दलको नेतामा देउवा नै चुिनन सक्ने आंकलन कांग्रेसभित्रै हुन थालेको छ ।
शेखर कोइरालाले संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका र गगन थापा उनैको पक्षमा रहेकाले गर्दा गगन थापालाई अगाडि बढाउँदा आफू पछि परिने डरले गर्दा कोइराला नै संसदीय दलको नेताको उम्मेदवार हुन सक्ने बलियो सम्भावना रहेको छ ।
कोइराला पक्षमा ४० प्रतिशत सम्म पनि मत पुग्न सक्ने अवस्था नदेखिएकाले गर्दा देउवा नै संसदीय दलको नेता चुनिने निश्चित रहेको देउवा पक्षका नेताले बताएका छन् ।

footer