kumari
stcnepal

एनभीए भलिबल च्याम्पियनसिपमा गण्डकीको रोमाञ्चक जित

 

 

काठमाडौं । गण्डकी प्रदेशले छैटौं डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा मणिमुकुन्द क्लबमाथि रोमाञ्चक जित निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले ३–२ को सेटमा खेल जितेको हो ।

गण्डकीले पहिलो सेट २६–२४ र दोस्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो । तर तेस्रो सेट मणिमुकुन्दलाई १८–२५ ले र चौथो सेट २५–२७ ले सुम्पन पुग्यो । अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो ।

जित निकाले पनि गण्डकीले अंक बाँड्दै आफ्नो खातामा २ अंक जोड्न बाध्य भयो । यस खेलबाट मणिमुकुन्दले १ अंक जोड्यो । यसका साथै समूह बी मा रहेको गण्डकीको ५ अंक भएको छ । यस समूहमा पुलिसको ६ अंक छ ।

दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो ।

मंगलबार नै भएको महिलातर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागीय टोली एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को जित निकाल्यो । एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–७ र तेस्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो ।

यस्तै होङ्वाङ्जी न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो ।

footer