सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनभीए भलिबल च्याम्पियनसिपमा गण्डकीको रोमाञ्चक जित

455
shares

 

 

काठमाडौं । गण्डकी प्रदेशले छैटौं डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा मणिमुकुन्द क्लबमाथि रोमाञ्चक जित निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले ३–२ को सेटमा खेल जितेको हो ।

गण्डकीले पहिलो सेट २६–२४ र दोस्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो । तर तेस्रो सेट मणिमुकुन्दलाई १८–२५ ले र चौथो सेट २५–२७ ले सुम्पन पुग्यो । अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो ।

जित निकाले पनि गण्डकीले अंक बाँड्दै आफ्नो खातामा २ अंक जोड्न बाध्य भयो । यस खेलबाट मणिमुकुन्दले १ अंक जोड्यो । यसका साथै समूह बी मा रहेको गण्डकीको ५ अंक भएको छ । यस समूहमा पुलिसको ६ अंक छ ।

दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा टिपटप हेल्प नेपालले प्रदेश २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो । यसका साथै हेल्प नेपालको ६ अंक भएको छ । अघिल्लो दिन बागमतीलाई पराजित गर्दै ३ अंक जोडेको हेल्प नेपालले मंगलबारको खेलमा प्रदेश २ लाई २५–२१, २५–१७, २५–१६ ले पराजित गरेको हो ।

मंगलबार नै भएको महिलातर्फको प्रतिस्पर्धामा अघिल्लो संस्करणको विजेता विभागीय टोली एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को जित निकाल्यो । एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट २५–७ र तेस्रो २५–१३ ले पराजित गर्दै आफ्नो खातामा ३ अंक जोडेको हो ।

यस्तै होङ्वाङ्जी न्यू डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ सेन्टरलाई २५–६, २५–५, २५–१३ ले पन्छाउँदै ३ अंक जोड्न सफल भयो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports