सफाई पाए चार पूर्व प्रधानन्यायाधिशले
वि.सं.२०७८ असोज १५ शुक्रवार १६:०३
shares

काठमाडौ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशले सफाई पाएका छन् ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशमाथ िलागेको अवहेलना मुद्दा खारेज गरदिएिको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटनको निणर्य गर्दा सो निणर्य असंवैधानिक भएको दाबी गर्दै चारजना पूर्व प्रधानन्यायाधीशहरूले संयुक्त विज्ञप्ति निकालेका थिए ।
पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले असम्वैधानिक’ भन्दै विज्ञप्ति निकाल्दा उक्त विषय अदालतमा पुगिसकेको भन्दै अदालतलाई प्रभाव पार्ने गरी विज्ञप्ति निकालेको भन्दै अदालतको अवहेलना मुद्दा दायर भएकोमा उनीहरुले सफल पाएका छन् ।
२०७७ साल पुष ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि २०७७ पुष २४ गते ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संयुक्त विज्ञप्ति निकालेका थिए ।


































