kumari
stcnepal

प्रभु बैंकको संस्थापक शेयर लिलामीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा बिक्री खुला भएको छ ।आज असोज १७ गतेदेखि कम्पनीको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न योग्य विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असोज २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।उक्त शेयरको न्यूनतम मूल्य २०५ तोकिएको छ ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र कात्तिक १ गते बिहान ११ बजे प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

footer