नेपाल र भट्टराईमाथी होला त अनुसन्धान
वि.सं.२०७८ असोज १८ सोमवार १२:०२
shares

काठमाडौं ।बहुचर्चित ललिता निवास जग्गा काण्डमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा आज सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको सयुक्त इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो ।
दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।
निवेदनकको माग बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे फेरि अनुसन्धान गर्नुपर्ने हुन्छ ।





































