विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारसँग कोटा मागेको कुरा झुटो हो— प्रधानन्यायाधीस

598
shares

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको बताएका छन् । सोमबार(आज)  सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।

प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए । छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले बताएका छन् ।

प्रधानन्यायाधीस राणाले कोटा मागेको कुरा झुठो भएको बताएपनि प्रधानमन्त्री शेरवहादुर देउवाले प्रधानन्यायाधीस राणा सगँ निकै पहिला त्यस विषयमा सहमति भएको बताएका छन् भने पुष्पकमल दाहाल र माधव नेपालले समेत प्रधानन्यायाधीस राणालाई कोटा दिने विषयमा सहमति जनाएको बताउदै आएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports