विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

होला त पप्पु कन्स्ट्रक्सनवाट ५ करोड ८४ लाख असुउपर

611
shares

 

काठमाडौँ । काठमाडौंको तीनकुनेमा पुल निर्माण गर्नका लागि सम्झौता बमोजिम कार्य सम्पन्न गर्न नसकेको पप्पु कन्स्ट्रक्सनले राज्यलाई बुझाउनु पर्ने ५ करोड ८४ लाख रुपैयाँ बुझाएको छैन ।
ठेक्का सम्झौताअनुसार काम नगरेपछि ठेक्का सम्झौता रद्द गरिँदा पप्पुमाथि उक्त रकमको दायित्व ठहर भएको थियो । तर उक्त रकम भुक्तानी गर्नुको साटो पप्पुले उल्टै राज्यसँग २२ करोड रुपैयाँ भुक्तानी हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा नै दिएको छ ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीका अनुसार पप्पु कन्स्ट्रक्सनलाई उक्त रकम भुक्तानी गर्नका लागि गत फागुनदेखि नै पटक–पटक रकम भुक्तानीका लागि हुलाकमार्फत पत्राचार गर्दा पत्र फिर्ता आउने गरेको थियो ।
त्यसपछि बाध्य भएर २०७८ असोज ८ गते एक राष्ट्रिय दैनिक पत्रिकामा हिसाब फरफारक गर्नका लागि पप्पु कन्स्ट्रक्सनको नाममा सूचना नै प्रकाशित गरिएको थियो ।
शुरूमा साइट क्लियर नभएको भनेर बहाना बनाउने पप्पुले लामो समयसम्म विभिन्न बखेडा झिक्दै ठेक्काको म्याद थप्न लगाएको थियो । व्यापक आलोचना भएपछि पप्पुसँग गरिएको सम्झौता रद्द गरिएको थियो । त्यही ठेक्का रद्द गर्नुपर्दा पप्पुमाथि ५ करोड ८४ लाख रुपैयाँको दायित्व ठहरिएको भन्दै उक्त रकम असुल उपर गर्न पटक–पटक पत्राचार गरेपनि पप्पुले टेरपुच्छर लगाएको छैन ।

पप्पु कन्स्ट्रक्सन अहिले कालोसूचीमा छ। भ्रष्टाचार मुद्दामा पप्पु कन्स्ट्रक्सन मुछिएपछि २०७६ फागुनदेखि २०७९ फागुनसम्मका लागि कालो सूचीमा परेको हो ।स्मरण रहोस् उक्त कम्पनिका सञ्चालक हरिनारायण रौनिया जनता समाजवादी पार्टीका सासद रहेपनि उनको कम्पनि कालो सूचिमा परेकोले हाल उनी सासद पदवाट निलम्वनमा परेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports