kumari
stcnepal

गोरेसहित ६ जनालाई जन्म कैद अन्यले पाए सफाई

 

काठमाडौँ । बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरी अधिकारीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले आज उक्त प्रकरणमा फैसला सुनाउँदै तस्करीका मुख्य नाइके मानिएका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश भरत लम्सालको फैसलाअनुसार सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसीले पनि सफाइ पाएका छन्

। यस्तै सई बालकृष्ण सञ्जेल र प्रहरी जवान सञ्जीव शाक्यले पनि सफाइ पाएका छन् ।

यस्तै गोरेकी श्रीमती निरू भनिने नर्बदा खरेलले सफाइ पाएकी छन् । जन्मकैद पाउनेहरुमा भने गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।

footer