तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्कटल्यान्डमा देउवा र मोदीबीच भेट हुने

650
shares

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बेलायतको पहिलो भ्रमण गर्दैछन् । त्यहाँ उनको भारतीय समकक्षीसँग छुट्टै भेटघाट हुने स्रोतले जनाएको छ ।

कात्तिक १५–१६ गते ग्रेट ब्रिटेन अन्तर्गतको स्कटल्याण्डको सिटी ग्लास्ग्वोमा हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यता जान लागेका हुन् । देउवाले पहिलो भ्रमण बेलायतबाट गर्न थालेपछि त्यसको चर्चा चुलिएको छ । यसअघि नियुक्त भएलगत्तै नेपालका प्रधानमन्त्रीहरुले भारतको पहिलो भ्रमण गर्ने गरेका थिए ।

नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटघाटका लागि समय तालिका तय भइरहेको छ । प्रधानमन्त्री देउवाको तर्फबाट नै स्कटल्यान्डमा मोदीसँग भेट्ने प्रस्ताव राखिएपछि दिल्ली त्यसमा सकारात्मक रहेको र त्यसको तयारीमा लागेको श्रोतको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports