सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज हरिबोधिनी एकादशी

559
shares

काठमाडौँ । आज कार्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने गरिन्छ ।

घरघरमा पूजा गरेर तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ, सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

तुलसीको पूजा गरेको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीलेआज घरमा तुलसीको मठ बनाएर पुजाआरधाना गर्दछन् ।
आज को दिन विशेष गरी सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports