२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंग्यायो

806
shares

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट ९ जनाको नाम राय सहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो । राष्ट्रियसभा सदस्यमा निर्वाचित सुदूरपश्चिम प्रदेशका तीन जनाको कार्यकाल अगामी २० फागुनमा सकिदैछ । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि सोमबार मनोनयनको समय तोकिएको छ ।राष्ट्रियसभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशभाका सांसदको मतभार ५३ कायम गरिएको छ । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार तीन हजार तीन सय ४४ र ५२ (एउटा सिट रिक्त बाहेक) प्रदेशसभा सदस्यको मतभार दुई हजार ७५६ गरेर कुल मतभार ६ हजार एक सय रहेको छ ।

जसमा नेपाली कांग्रेसको मतभार दुई हजार ५८८, नेकपा एमालेको मतभार एक हजार ४८०, नेकपा माओवादी केन्द्रको मतभार एक हजार ५८, नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, नेकपा एकीकृत समाजवादी पार्टीको मतभार ३०७, स्वतन्त्रको मतभार ११० र राप्रपाको मतभार ५३ रहेको छ । यहाँ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको कुल मतभार ७३ प्रतिशत अथात् चार हजार ४५७ रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports