२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री दाहाल

728
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन् । चिनियाँ नयाँ वर्षको आइतबार उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए ।

प्रधानमन्त्रीले भने,‘हामीले असल मित्रका रुपमा एक अर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।’ नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने,‘यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।’ आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गरे । उनले भने,‘ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र जोडिएका नभई यसमा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका उनले बताए । प्रधानमन्त्रीले सांस्कृतिक सम्बन्धको गतिलो उदहारणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे । आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा आफूहरुबिचमा नेपाल–चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उनले स्मरण गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports