२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा नेपालले केन्द्रीय समिति बैठकका निर्णय सर्कुलर गर्‍यो

663
shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठकका निर्णय सर्कुलर गरेको छ । आइतबार पार्टीले महाधिवेशनको कार्यतालिका सहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो ।

जसअनुसार मधेस प्रदेश अन्तर्गतका राजनीतिक समितिका सदस्यहरुको बैठक बोलाइएको छ । पार्टीको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनका लागि परिपत्र जारी गर्दै आगामी माघ ६ गते बिहान ११ बजे पार्टी प्रदेश कार्यालय जनकपुरमा सांगठनिक तथा राजनीतिक विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो ।

त्यसैगरी आसन्न माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सबैले भूमिका निर्वाह गर्ने र जसपा, नेपालको मतदाता, मतभार रहेका कोसी प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश लगायत सबै प्रदेश र अन्तर्गत जिल्लाहरुमा समेत गठबन्धनमा रहेका दलहरु संलग्न राष्ट्रिय सभा सदस्य निर्वाचन समन्वय समिति गठन गरी परिचालन गर्ने निर्णय सर्कुलर गरिएको छ ।

साथै जसपा, नेपालको विधान २०८० को धारा ५४ ९३० अनुसार राष्ट्रिय समिति गठनका सन्दर्भमा सीमा जोडिएका तर ऐतिहासिक थातथलो दुई वा दुई भन्दा बढी प्रदेशमा खण्डित भएको स्थितिमा सीमा जोडिएका पालिका प्रतिनिधिहरु जातीय वा सामुदायिक बाहुल्यताका आधारमा आ–आफ्नो पहिचानमा आधारित राष्ट्रिय समितिमा संगठित हुन सक्ने व्यवस्था गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports