मेलम्चीको पानीमा दाहालको झुठको खेती
वि.सं.२०८० माघ ४ बिहीवार १७:००
shares

काठमाडौ । २०४७ सालको निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौ उपत्यकामा ल्याइदिने प्रतिवद्धता जनतासामू गरेका थिए त्यसबेला यो प्रतिवद्धताप्रति आम चासो बढेको थियो । सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन ग¥यो । विकास मिति गठन भएपछि पनि प्रक्रियामा जान झण्डै दुई वर्ष लाग्यो । त्यसयता २३ वर्ष बितिसक्दा पनि लक्ष्य अनुसार ५१ करोड लिटर पानी नियमित आपूर्ति हुन सकेको छैन भने अझै उपत्यकाबासीले नियमित पानी पाउन कति वर्ष कुुर्नु पर्ने हो अहिले नै केही भन्न सकिने अवस्था छैन ।
राष्ट्रिय गौरवको आयोजना भनिएको मेलम्चीमा अहिलेसम्म ६१ अर्ब भन्दा बढी रुपैँया खर्च भईसकेको छ । दोस्रो चरण याङ्ग्री र लार्केबाट १७÷१७ करोड पानी थप्ने कार्य सुरु नै भएको छैन । पहिलो चरणकै आयोजना जुगाडमा चलेकाले थप आयोजना कार्यहरु ओझेलमा परेका छन् ।
यति संम्वेदनशिल आयोजनाप्रति सरकारको वेवास्ताले गर्दा यति सम्म कि २०७८ को बाढीले बगाएका पुलहरु र सडक पुर्ननिर्माणको कार्य सम्म सरकारले सुरु गर्न नसकिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १ गते मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै उपत्यकाबासीले अब नियमित रुपमा मेलम्चीको पानी पाउनेछन् भन्ने आश्वासन जनतालाई बाँडेका छन् । तर प्रधानमन्त्री दाहालको उक्त आश्वासन पत्याउन सकिने कुनै अधारहरु देखिएका छैनन् ।
सडक र पुल निर्माण नहुँदा आयोजनाका कर्मचारीहरु हिउँदमा समेत पानीको मुहानमा पुग्नु नै समस्या रहेको बताउँदै आएका छन् । गत साउनमा बाढीले पु¥याएको क्षति हेर्न र्कचारीहरुले टाढैबाट ड्रोन पठाएर मुहान क्ष्गेत्रको फोटो खिचेर फर्केका थिए । कर्मचारीहरु अर्को महिनामा मात्र मुहान क्षेत्रमा पुगेका थिए । यसरी पटक पटक बाढीले मुहानलाई क्षति पु¥याउँदै आएको भएपनि अहिलेसम्म त्यसलाई व्यवस्थित गर्ने कार्य नभएकाले गर्दा अहिले वितरण गरिएको पानी पनि जेष्ठ असार सम्मका लागि मात्र हुन सक्दछ ।
मेलम्चीको पानी २० वर्षपछि २०७७ फागुनमा काठमाडौ उपत्यकामा आइपुगेको थियो । त्यसयता खानेपानी आएको भन्दै पाँच पटक पानी वितरणको शुभारम्भ गरिएको छ । पानी भने ३४ महिनामा मुस्किलले १०÷११ महिनामात्र आएको छ । पछिल्लो पटक असार देखि बन्द भएको पानी माघ १ गतेदेखि आएको छ तर यसको निरन्तरता अनिश्चित रहेको छ । हरेक वर्ष बाढी आउनासाथ पानी आउन अवरुद्ध हुने र पानीको मुहानलाई सुरक्षित गर्ने विषयमा भरपर्दा व्यवस्था गरिएको छैन । अन्य बैकल्पिक योजनामा कुनै काम भएको छैन । बरु हिउँद लागेपछि पानी ल्याउने र उद्घाटन गर्ने नियमित प्रक्रिया जस्तै भएको छ ।
पछिल्लो पटक माघ १ गते मन्त्रीहरुको लावालस्कर लागेर प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबार भित्र बनाइएको धाराको टुट्टी खोलेर उद्घाटन गरेका थिए । यस्तै कार्य तत्कालिन प्रधानमन्त्री केपी ओली, तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालिन मन्त्री उमाकान्त चौधरीले पनि गरेका थिए । चौधरीले त दुई पटक उद्घाटन गरेका थिए ।
तर उद्घाटनको होड चलेपनि आयोजनालाई दिगो बनाउनमा कुनै ध्यान नगएको हुनाले अहिलेका प्रधानमन्त्री दाहालले पनि उद्घाटन गरेको देखाउने कार्य बाहेक अन्य केही कार्य गरेको देखिएन । उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति झुठको खेती बाहेक केही हुन नसक्ने कर्मचारीहरुले नै बताएका छन् ।



































