गोरखामा बुढीगण्डीले बितण्डा मचायो, बजार नै बगायो
वि.सं.२०८३ असोज २५ आइतवार ०९:५१
shares

काठमाडौँ । गोरखामा एकाएक बुढीगण्डकीमा ठूलो बाढी आउँदा सल्लेरी बजार बगाएको छ ।
बूढीगण्डकीको स्यारखोलाबाट बाढी आएर नदी थुनिने र खुल्ने हुँदा बस्ती जोखिममा परेको हो ।आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आउन सुरु गरेको हो ।
नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला,सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन गरेर सुरक्षित स्थानमा सर्न भनिएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।





































