kumari
stcnepal

राजनीतिमा छुरा धस्ने प्रतिस्पर्धा जारी छ

3

राजन कार्की
इतिहासका प्रत्येक कालखण्डमा सत्ता र शक्ति आर्जन गर्न हतियार चलेकै हुन् । पछिल्लो कालमा पनि १० वर्षे जनयुद्ध भयो, १७ हजार जनता मारिए । जनयुद्धकालको अन्त्य गर्न र शान्तिको शितल छर्न आएको जनआन्दोलनको कालखण्डमा पनि जनता मारिए । शान्ति स्थापनाको संक्रमणकालमा पनि जनता मारिएकै थिए र संविधानसभाको बिघटन हुनु पूर्वका १४ दिन पनि खुकुरी निकालानिकाल भएको थियो । झण्डै महाभारतको युद्ध झैं सर्वनास भएन । संविधान जारी भएर पनि हिंसा र कुशासन, अनियमितता बढ्दै गयो । स्थिरता आउन सकेन । भन्न सकिन्न, आउने निर्वाचन अघिपछि हतियारमा धार लाग्दैन भनेर ।

विश्लेषकहरु भन्छन्– कोतपर्वतिर विषय अघि बढेको छ ।
कांग्रेस, माओवादी केन्द्र, एमाले र नेकपा समाजवादी आमनेसामने छन् । एकदोस्रालाई सिध्याउने, बढार्ने रणनीति बनाइरहेका छन् । आउने निर्वाचन महाभारतभन्दा कम हुन्न भन्ने सहज अनुमान गर्न सकिन्छ । अथवा जनताले खोजेको लोकतान्त्रिक बिधि, लोकतान्त्रिक शासनव्यवस्था अझै टाढाको विषय बनेको छ । १४ वर्षको लोकतान्त्रिक अभ्यासले, उठेको चेतनाको स्तरको सभ्यताको परीक्षा नतिजा शून्य छ र आजका दिनमा पनि जनताको विश्वास, जनमत, विधिको शासन र लोकतन्त्रको कत्लेआम जारी छ ।

प्रत्येक नागरिकको मुखमा एउटै प्रश्न छ– स्थिरता र सुशासन कहिले आउला ? नेताहरुमा इष्र्या, द्वेष, भ्रष्ट, आपराधिकरण, कर्तव्यच्यूत, नैतिकहीन, अवसरवादले भरिपूर्ण भएको विषालु सोचका कारण आम निर्वाचन पछिको अवस्था कुनै अर्थमा पनि सामान्य रहेन । कानुन व्यवस्था समेत सडकमा छताछुल्ल भइरहेको छ । संवैधानिक अंगहरु खसी बजार बनाइएपछि राजनीतिक नेतृत्व अक्षम सावित भएको हो ।

हरेक स्वतन्त्र व्यक्ति भन्छन्– राजनीतिक दलहरुमा अनीति र स्वार्थ भएकाले संविधान ध्वस्त भएको हो । यस्तो संविधानमा राम राज्य अथवा कृष्ण अवतारको कल्पना गर्नु अब मूर्खता हुनेछ । यो संविधान नेपालको इतिहासको अर्को एउटा कलंक बन्न पुग्यो ।
नेपालको राजनीतिक १५ वर्षको परिदृश्यभ नेको म्यागवेथको घटनाजस्तो छ । किङ्ग डंकन ः चक्रवर्ती राजा । उनका जर्नेल थिए म्यागबेथ । नजिकका नातेदार र विश्वासपात्र ।

युद्ध जितेर फर्कदा किङ्ग डंकनले भने– म्यागबेथ आज म तिमीस“गै बस्छु, खान्छु र तिम्रै घरमा सुत्छु । म्यागबेथ खुशी भए, किङ्ग डंकनलाई घरमा लगे । लेडी म्यागबेथले स्वागत र सत्कार गरेर कडा खालको लागूपदार्थसहित भोजन गराइन् । युद्धबाट थाकेर आएका किङ्ग लठ्ठिएर सुते, निदाए । लेडी म्यागबेथले म्यागबेथलाई छुरा दिइन् र किङ्लाई छुरा धस्न उक्साइन् । म्यागबेथले छुरा धसे, किङ् डंकनको हत्या गरिदिए ।

लोकतन्त्रमा किङ्ग भनेका लोक हुन् । लोक अथवा जनताका आफ्ना विश्वास पात्र भनेका जनप्रतिनिधि हुन् । जनताले विश्वास गर्ने आफ्ना प्रतिनिधिलाई हो । जनप्रतिनिधिले जनतालाई बेहास पार्छ, आ“खामा अग्रगमन, समाजवाद, सर्वहारावादको छारो हाल्छ, भुलभुलैयामा पार्छ र अनेक नौटङ्गीमा भुलाएर जनविश्वासमा छुरा धस्छ । नेता, प्रशासकले जनताको विश्वासमा छुरा धस्ने क्रम लोकतन्त्रको १५ वर्षमा पनि जारी नै छ ।

जनयुद्ध जिते सुख पाइन्छ भनेर जनता होमिए । जनयुद्ध र आन्दोलनकारी राजनीतिक दलहरु मिलेर जनआन्दोलन गरे । त्यो आन्दोलनलाई पनि जनताले विश्वास गरेर साथ दिए । घर–घरबाट जनता सडकमा निस्किए । निरङ्कूश भनिएको राजतन्त्र जनताका सामु झुक्न बाध्य भयो । जनप्रतिनिधिहरुले, जननेताहरुले निरङ्कूशताको जरो उखेल्ने कुरा गरे, समानता र निर्माण, लोकमार्गको बाटो नया“ संविधान र नया“ संविधान निर्मँण गरेर नया“ नेपाल बनाउ“छौं भने, जनताले विश्वास गरे । चुनावपछि समृद्ध नेपाल सुखी नेपाली बन्छन् भने, त्यसमा पनि जनताले विश्वास गरे ।

दुई तिहाइको सरकार दिएको ४ वर्षमा पनि उही कानै चिरिएका जोगीको अवतारमात्र देखेपछि जनता निरास छन् । संविधान असफल छ । नेतृत्व अझै पनि सुध्रिन तैयार छैन । नालीका किरा र नेताको नेतृत्वमा भिन्नता देखिएन ।
गणतन्त्र, संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता गणगा“डभन्दा फरक परेन जनताका लागि ।

राजतन्त्र हटेपछि निरङ्कूशताको नामोनिशान रहन्न, गणतन्त्र आएपछि पश्चिमबाट सूर्य उदाउ“छ, लोकतन्त्रमा लोक हा“सीखुसी हुन्छन् भन्ने प्रचार गरेका थिए यिनले । ०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन जसरी बिधि नपु¥याई गरिएको थियो, सायद त्यही कारणले विधि बस्नै सकेन । गणतन्त्र– गणविरोधी, राष्ट्रिय एकता र स्वाधीनताविरोधी, बिधि र सुशासनविरोधी, भ्रष्टाचारी, अत्याचारी र निरङ्कूश हुनेरहेछ भन्ने लोकले ब्यहोरे, भोगे ।

‘लोकतान्त्रिक आवरणको हिट्लर’ अर्थात सेटिङ शासन पो सुरु भएको छ । हरेक तह र तप्कामा भ्रष्टाचारीहरुको सेटिङले न्यायकानुनको बलात्कार भइरहेको छ । मूल्य देश र जनताले चुकाइरहेका छन् ।
जनविश्वास के थियो ? जनआकांक्षा कस्तो थियो ? जनताले के खोजिरहेको छ ? जनतालाई जनप्रतिनिधिले दिनैपर्ने विषय के के हुन् ? लोकतन्त्रका आधार, लोकमान्यता, लोकलज्जाका विषयहरु राजनीतिका प्राथमिकतामा देखिदैनन् । राजनीतिक दलहरु जसरी पनि सत्ता, शक्ति, स्वार्थ केन्द्रीत छन् । लोक भनेका खेलौना, लोकमत भनेको खरिद गरेको दासजस्तो बनेको छ ।

लोकभनेका राष्ट्रका अचानो हुन्, लोकले चोटमात्र सहनुपर्छ भन्ने मान्यता स्थापित भएको छ । ‘सहमति’को राजनीति र सहमतिबाट राजनीतिमा परेका गा“ठाहरु फुकाएर असहमतिको अन्यौलबाट निकास निकाल्नुपर्छ भन्ने जनप्रतिनिधिहरु हु“ भन्नेहरुलाई लागेकै छैन । उनीहरु ‘बिभेद र निषेध’का रेखी हालेर लोकहितलाई चरु बनाएर होम गरिरहेका छन् ।

यो अन्यौलताको मैदानमा ०४७ सालको संविधान ब्यू“ताउने आन्दोलन छेडिएको छ । चुनावबाट वैकल्पिक शक्ति बन्ने योजना राप्रपाको छ । चुनावबाटै फेरि एकछत्र राज्य चलाइन्छ भन्छ एमाले । एमाले स र माओवादी केन्द्र एमाले सिध्याउने चक्करमा छ । चुनाव जित्नसक्ने अनुमान गरेको कांग्रेस प्रचण्डको रणनीतिक तीर बनेर प्रचण्डको धनुमा ता“दो बनेर गजडीजस्तो झुकिरहेको देखिन्छ । अर्थात राजनीतिमा देश बनाउने र जनताको अपेक्षा संवोधन गर्ने विश्वासिलो आधार केही पनि देखिदैन ।

अर्थात्, नेपाललाई समृद्ध र शान्तिमय बनाउने लक्ष्यण कहीं पनि, कुनै दल वा नेतामा देखिदैन । सबै कसरी सत्ता हत्याउने, कसरी एकदोस्रालाई राजनीतिक कलमी गर्ने भनेर लागेका छन् । १५ वर्षमा जसरी भताभुङ्ग भयो शासन व्यवस्था, कसरी अघि बढ्ने भन्ने खाकाप्रति कसैलाई पनि चिन्ता देखिदैन । सबै आ–आफ्ना स्वार्थका सीमाका बन्दी बनेका छन् । राष्ट्रियनीति, राष्ट्रिय झण्डा, नेपाली जाति र नेपाली माटोमाथि घात कसैले गरेको छ भने राजनीतिक दल र नेताहरुले गरेका छन् ।

समष्टिमा भन्नुपर्दा लोकतन्त्रका नेताहरुले राष्ट्रको छातीमा छुरामात्र धसे । छुरा धस्ने प्रतिस्पर्धा जारी छ । वर्तमान गठबन्धन सरकार र आउने निर्वाचनमा कसले कति बढी कसलाई छुरा हान्न सक्छ, त्यसको रिहर्सल भइरहेको छ । हाम्रा नेताहरु यसकारण राजनेता बन्न सकेनन् । राजनीतिक नेताहरु म्यागबेथ बन्ने प्रतिस्पर्धा गरिरहेका छन् । यिनलाई लोकतन्त्रका अन्धा नेता नभने के भन्ने ?

footer

No result found.