kumari
stcnepal

महाधिवेशनमा सहभागी हुन आजै चितवन पुगे ओली

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलिदेखि सुरू हुने पार्टीको १० औं महाधिवेशमा सहभागी हुन चितवन पुगेका छन् । महाधिवेशनमा सहभागी हुन अधिकांश नेता कार्यकर्ता चितवन पुगिसकेका हुन् ।

भीम रावल लगायतका अन्य नेताहरू पनि आजै चितवन पुग्ने भएका छन् ।यसअघि केही शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन् । चितवन पुगेपछि ओली महाधिवेशनस्थल निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

नारायणी किनारमा उद्घाटन र त्यसपछि सौराहमा बन्द सत्र तथा मतदानका कार्यक्रम हुनेछन् । नेता तथा कार्यकर्ताहरू चितवन आउने क्रम बढेसँगै चहलपहल देखिएको छ । एमाले महाधिवेशन प्रचारका लागि चितवनका विभिन्न ठाउँ सजाइएका छन् ।

अध्यक्ष केपी शर्मा ओली तथा अन्य नेताहरुको ठूला फोटा सहित सडक किनारमा राखिएका छन् । एमालेको झन्डा समेत बिजुलीका पोलहरूमा राखिएको छ ।

 

footer