२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशसभा बैठक बिहीबार सम्मका लागि स्थगित

1.01K
shares

मकवानपुर । बुधबार बिहान साढे ११ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति नजुटेपछि बिहीबार बिहान सोही समयमा बस्ने गरी स्थगित गरिएको छ ।

पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमाले सहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए । सोही विषयमा छलफल गर्न बुधबार आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै गर्न चाहेनन् ।

मुख्यमन्त्री जम्कट्टेल एउटा कार्यक्रममा सहभागी हुन राक्सिराङ पुगेपछि विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार साढे ११ बजे बैठक बस्ने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports