kumari
stcnepal

सुमार्गीको स्वामित्वमा रहेको स्याटेललाइटको लाइसेन्स फेरी खारेज

काठमाडौं । विवादास्पद उद्योगी एव् व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को आधारभूत दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको अनुमतिपत्र (लाइसेन्स) फेरि खारेज भएको छ ।

गत असारभित्र लाइसेन्सको रोयल्टी बक्यौताको किस्ता बुझाउनुपर्ने भएपनि कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणको सम्पर्कमा नै गएको थिएन ।

पश्चिम नेपालका ग्रामीण भेगमा सेवा दिने अनुमति पाएको व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको कम्पनीले किस्ता नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

तर, चित्त बुझ्दो नभएको भन्दै लाइसेन्स खारेज गर्ने निर्णय भएको एक अधिकारीले बताएका छन् ।

किस्ता समयमा नतिरेको नेपाल स्याटेलाइट टेलिकमले फेरि मन्त्रालयमा पुनरावलोकनका लागि जानसक्छ ।

यसले फेरि नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स प्राधिकरणले खारेज गर्ने र सरकारले ब्युताउने घनचक्कर दोहरिने प्राधिकरणका अधिकारीहरुको आशंका रहेको छ ।

footer