सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुमार्गीको स्वामित्वमा रहेको स्याटेललाइटको लाइसेन्स फेरी खारेज

520
shares

काठमाडौं । विवादास्पद उद्योगी एव् व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को आधारभूत दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको अनुमतिपत्र (लाइसेन्स) फेरि खारेज भएको छ ।

गत असारभित्र लाइसेन्सको रोयल्टी बक्यौताको किस्ता बुझाउनुपर्ने भएपनि कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणको सम्पर्कमा नै गएको थिएन ।

पश्चिम नेपालका ग्रामीण भेगमा सेवा दिने अनुमति पाएको व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको कम्पनीले किस्ता नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।

तर, चित्त बुझ्दो नभएको भन्दै लाइसेन्स खारेज गर्ने निर्णय भएको एक अधिकारीले बताएका छन् ।

किस्ता समयमा नतिरेको नेपाल स्याटेलाइट टेलिकमले फेरि मन्त्रालयमा पुनरावलोकनका लागि जानसक्छ ।

यसले फेरि नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स प्राधिकरणले खारेज गर्ने र सरकारले ब्युताउने घनचक्कर दोहरिने प्राधिकरणका अधिकारीहरुको आशंका रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports