linktrix Long Ad
Salt Trading Long Ad

भारतमा नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थाल्यो

689
shares

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेको छ।

इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएका छन्। उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए।

भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ। योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports