kumari
stcnepal

भारतमा नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थाल्यो

छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेको छ।

इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएका छन्। उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए।

भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ। योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।

 

footer