विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विदेश पठाइदिन्छौं भनेर ३०० भन्दा बढीलाई ठगी गर्ने समूह पक्राउ

858
shares

काठमाडौं । रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन् ।

काठमाडौं उपत्याा अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गरेका थिए । त्यसका आधारमा सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने गरको थिए । त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पोलिस रिपोर्टलगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कबिहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितले जसको खातामा रकम जम्मा गरेको हो, उसैका विरुद्ध उजुरी दिने गरेका थिए । तर, यो समूहले अरुकै खातामा रकम जम्मा गर्न लगाउने र चेकमार्फत रकम निकाल्ने गरेको पाइएको छ । त्यसरी रकम जम्मा गर्न खाता प्रयोग भएका राजुकुमार बस्नेतविरुत बैदेशिक रोजगार ठगी मुद्दा चलेको र, अदालतले मागेको धरौटी तिर्न नसकेका डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ । यो समूहले ३०० भन्दा बढीबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको आशंका छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports