२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एन्फा महिला लिग : एपीएफसँग आर्मी क्लव पराजित

819
shares

काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।एपीएफका लागि सविता रानामगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६औं मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जीत हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोली सहभागी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports