linktrix Long Ad
Salt Trading Long Ad

जनता तपाईको दास होइन दाहाल ज्यू !

923
shares

 

काठमाडौं । पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफू पूर्व प्रधानमन्त्री रहेका र हालमा पनि संघीय संसदको प्रमुख विपक्षी दलको नेता रहेको विर्सिएर जनतालाई आफ्ना पक्षमा पार्न उत्तेजित र अराजनीतिक भाषा प्रयोग गरिरहेका छन् । १८ महिनासम्म प्रधानमन्त्री रहँदा उनले जनताको हितको लागि कुनै ठोस उपलब्धिमूलक कार्य गर्न सकेनन् । उनी विचौलियाहरुको कब्जामा पुगे भने आफ्नो परिवार र केही झोले कार्यकर्ता बाहेक कसैको कुरा सुन्ने पक्षमा उनी थिएन त्यो उनको व्यवहारले नै देखाईसकेको छ ।
पछिल्लो समयमा विद्युत महसुल उठाउने विषयमा पूर्व प्रधानमन्त्री दाहाल र वर्तमान प्रधानमन्त्री केपी ओलीबीचचको भनाभन दिक्क लाग्दो र निराशजनक रहेको छ ।

दाहाललाई सत्ता गुम्दाको पिडाले सताई रहेको छ भन्ने उनको पिडा छताछुल्ल हुँदै गएको छ । उनी प्रधानमन्त्री रहँदा २०८० भाद्र १५ गते भित्रमा उद्योगहरुले विजुलीको बक्यौता तिर्न र नतिरेमा बत्तिको लाइन काटिने चेतावनी नेपाल विद्युत प्राधिकरणको पत्रबाट दिइयो । त्यसको लगत्तै स्वयम् प्रधानमन्त्री दाहालले विद्युतको लाइन नकाट्नु भनेर निर्देशन दिए । अनि फेरी २०८० पुस १५ मा लाइन काट्ने निर्देशन प्राधिकरण लाई दिए अनि लाइन काट्न सुरु भयो । प्रधानमन्त्री केपी ओलीले लाइन २०८१ साउनमा मौखिक निर्देशन प्राधिकरणलाई दिए । प्राधिकरणले मौखिक निर्देशनले नहुने भन्दै लिखित चाहिन्छ भन्ने दुई सञ्चालकहरु बर्खास्तमा परे भने फेरी काटिएको लाइन जोडियो ।
कहिले लाइन काट्न र कहिले लाइन जोड्ने गलत कार्य सुरु किन गरियो ? त्यसको जवाफ नेपाली जनताले खोजि गरिरहेका छन् । के प्रधानमन्त्री हुने वित्तिकै परस्पर विरोधी निर्देशन दिएर विद्युत प्राधिकरणलाई विवादको घेरामा तानिनुनको अर्थ के ? पछिल्लो समयमा प्रधानमन्त्री ओलीले विद्युत प्रयोग गरेवापत् उद्योगीहरुले विद्युतको पैसा तिर्नैपर्ने अडान लिएका र विद्युत लाइन नकाटी पैसा असुलउपर गर्न प्राधिकरणलाई निर्देशन दिएका हुनाले केही उद्योगहरुले वक्यौता रकम तिरिसकेका छन् भने केहीले तिर्ने आश्वासन विद्युत प्राधिकरणलाई दिएका छन् ।
उद्योगधन्दा बन्द गरेर बक्यौता रकम उठाउन खोज्नु भनेको उद्योग धन्दामा काम गर्ने मजदुर र अन्य व्यक्तिहरुलाई बेरोजगार बनाउनु नै हो । पुष्पकमल प्रधानमन्त्री रहेका बेला उद्योग धन्द बन्द गराएरै भएपनि आफ्नो स्वार्थ पूरा गराउन चाहान्थे त्यसैले गर्दा उनले कहिले लाइन काट्ने त कहिले नकाट्न निर्देशन दिइरहन्थे । तर जब केपी ओली प्रधानमनत्री बने तब उनले उद्योगधन्दाहरु बन्द नगरिकनै बाँकी बक्यौता उठाउन पहल गरेपछि उद्योगीहरु बाँकी रकम तीन सहमत भएका छन् ।
आज देशले नेता खोजेको छ । घुस्याहा होइन जनताले नेताहरुबाट देश विकासको काम खोजेका छन् । आफ्नो स्वार्थ अनुसार देश सञ्चालन गर्ने नेता जनताल खोजेका होइन र छैनन् पनि तर १८ महिनासम्म प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल अहिले फेरी जनतालाई भड्काएर आफ्नो स्वार्थ पूरा गर्न लागि परेका हुनाले उनी जनतालाई भड्काउनैका लागि अराजक र अराजनीतिक भाषा प्रयोग गरिरहेका छन् । २०६२÷६३ पछि सबैभन्दा बढी सत्तामा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले आजसम्म जनताको हितमा के गरे ? त्यो जनताको सामू घाम जत्तिकै छर्लङ्ग रहेको छ । सत्ता गुम्दाको पिडालाई साम्य पारिदिन के जनताले फेरी आन्दोलन गरिदिनुपर्ने ? दाहाललाई सत्तामा पु¥याईदिन ? यी सबै कारणहरुले गर्दा दाहाल नै अहिलेका समस्याको जड हुन् भन्ने तथ्य विस्तारै सार्वजनिक हुँदै गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports