२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ढुङ्गानाको निधनले अत्यन्त दुखी रहेको छु : प्रधानमन्त्री ओली

819
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु ।’

प्रधानमन्त्रीले नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा ढुङ्गानाको योगदान सम्झिरहेको भन्दै दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनुभएका परिवारजनमा गहिरो समवेदना ! भनेका छन् । ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports