सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किए

715
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन् ।

उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए ।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको थियो ।चीन भ्रमणका उपलब्धिबारे ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिने छन् ।

नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए । उनले बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports